काठमाडौं । भारतीय अभिनेता नाना पाटेकरको मृत्युबारे गोवा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।
बिहीबार बिहान गोवास्थित अस्पताल पुर्याइएका पाटेकरलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुमानमा उनको मृत्यु हृदयाघातका कारण भएको बताइए पनि वास्तविक कारण पत्ता लगाउन प्रहरीले शव परीक्षण प्रतिवेदन र परिवारका सदस्यहरूको बयान जाँच गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पाटेकरको पुणेस्थित फार्महाउसमा बिहीबार राति नै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिमा बलिवुडका कलाकारसहित राजनीतिक व्यक्तित्वहरू सहभागी भएका थिए ।









