• २०८३ असोज २३ शुक्रबार

नेकपाले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान चलाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

शुक्रबार, पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।

कात्तिक ७ गते अभियानको उद्घाटन हुने र अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइने ज्वालाले बताए । त्यस्तै, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने उनले बताए ।

त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ । जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ । स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको नेता ज्वालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै