• २०८३ असोज २३ शुक्रबार

विश्वकप लिग-२ : क्यानडामाथि ओमानको ४१ रनको जित

विश्वकप लिग-२ : क्यानडामाथि ओमानको ४१ रनको जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गतको खेलमा ओमानले क्यानडालाई ४१ रनले पराजित गरेको छ ।

शुक्रबार, ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको २६४ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २२२ रनमा अलआउट भयो । यससँगै ओमानले ४१ रनको जित निकालेको हो ।  पहिले ब्याटिङ गरेको ओमानले ४९.१ ओभरमा सबै विकेट गुमाएर २६३ रन बनाएको थियो । ओमानका लागि हसनैन उल वहाबले सर्वाधिक ९३ रन बनाए। उनले ७७ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए। मुजिबुर अलीले ३९ तथा जतिन्दर सिंहले ३४ रनको योगदान दिएका थिए । क्यानडाका हर्ष ठाकरले चार विकेट लिएका थिए भने समाय श्रीवास्तवले तीन विकेट हात पारेका थिए ।

जितसँगै ओमानले विश्वकप लिग–२ मा २९ खेलमा ३३ अंक जोडेको छ । क्यानडाको भने ३३ खेलमा २५ अंक रहेको छ । यस सिरिज अन्तर्गतको दोस्रो खेल आइतबार नेपाल र क्यानडाबीच हुने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै