काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ । केन्द्रीय निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार ४१०० मत गणना भएको छ ।
पछिल्लो अपडेटअनुसार खुलातर्फको उपसभापतिमा डा. चन्द्र भण्डारीले २०४५ मत प्राप्त गरेका छन् भने मधु आचार्यले १२७८ मत प्राप्त गरेका छन् । त्यस्तै गोविन्द भट्टराईले १०९१ मत, सुरेन्द्रराज पाण्डेले १०६५ मत, पाएका छन् भने धनराज गुरुङले ९०८ मत, दीपक गिरीले ५७९ मत र डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले १०२६ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ९७९ मत, फरमुल्लाह मंसुरले ५६५ मत, सीता गुरुङले ६७६ मत र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी २३९१ मत प्राप्त गरेका छन् । त्यस्तै, उदयशमशेर राणाले १३३३ मत, सुनिलकुमार शर्माले ११७५ मत, अमरसिंह पुन मगरले ८८७ मत, गुरुराज घिमिरेले ८२३ मत, नैनसिंह महरले ५३९ मत, शंकर तिवारीले ८२ मत र डा. सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १८१६ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले १६३१ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले ४२० मत पाएकी छन् ।









