काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २२ सयले घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४३५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।









