• २०८३ असोज २७ मंगलबार

मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा खुडा प्रहार गरी ७५ वर्षीय धनबिर कामीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ८: २० बजे सोही स्थानका ३२ वर्षीय अजबिर कामीले धनबिरमाथि धारिलो हतियार खुडा प्रहार गरेका थिए । गम्भीर घाइते भएका धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि फरार भएका अजबिरको खोजीमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

प्रहरी टोलीले बिहान करिब ९: ३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा उनलाई खुडासहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै