• २०८३ असोज २७ मंगलबार

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ८: ५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले स्थानीय तीन वर्षीय स्वरूप गैरेलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका बालकलाई उपचारका लागि झरौटास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएको थियो । उपचारकै क्रममा बिहान ९: ५६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै