• २०८३ असोज २९ बिहीबार

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदैछ ।  

नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको हो । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । 

यसबर्ष अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा ‘प्रकृति माताको संरक्षणमा ग्रामीण महिला किसान’ रहेको छ । यस वर्षको दिवस सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ का रूपमा मनाउने अभियानसँग पनि जोडिएको छ । यसले वातावरण संरक्षण, बीउबिजनको जगेर्ना, जलस्रोत व्यवस्थापन र खाद्य उत्पादनमा ग्रामीण तथा आदिवासी महिलाले निर्वाह गर्दै आएको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्छ ।

घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्‍याउने पवित्र भावनाले यो दिवस मनाईन्छ । 

ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्यूनिकरणमा टेवा पुर्‍याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका लागि ग्रामीण महिलाहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर नेपाल जस्ता विकासोन्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच भने पुग्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै