• २०८३ असोज २९ बिहीबार

म्याक्स टाइगरको दसैँ धमाकामा थप दुई विजेता

म्याक्स टाइगरको दसैँ धमाकामा थप दुई विजेता

काठमाडौँ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले यामाहा स्कुटर र मोटरसाइकल जितेका छन् ।

बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेडएस एफआई मोटरसाइकल जितेका हुन् । यसअघि तीन जना विजेताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् ।

अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेडएस एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । साथै, एक जना भाग्यशाली उपभोक्ताले प्रोटोन कार जित्नेछन् ।

पाँच जना विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै