• २०८३ असोज ३० शुक्रबार

सार्क महासचिव सरवरको परराष्ट्रमन्त्री खनाल र सचिव राईसँग बिदाइ भेट

सार्क महासचिव सरवरको परराष्ट्रमन्त्री खनाल र सचिव राईसँग बिदाइ भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले छुट्टाछुट्टै बिदाइ भेट गरेका छन् ।

भेटका क्रममा सार्कको महत्त्व र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। जलवायु परिवर्तन तथा विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आफ्नो कार्यकालमा सार्क महासचिवका रूपमा पुर्‍याएको योगदानका लागि सरवरलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै