• २०८३ कार्तिक २ आइतबार

आइएचएफ नेसन्स वुमेन्स ट्रफी शुरुः नेपाल बंगालादेशसँग पराजित

आइएचएफ नेसन्स वुमेन्स ट्रफी शुरुः नेपाल बंगालादेशसँग पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजनामा आइतबारबाट बंगालादेशको राजधानी ढाकामा जोन २ अन्तर्गत आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ शुरु भएको छ । 

ढाकास्थित नेशनल ह्याण्डबल स्टेडियममा प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल महिला राष्ट्रिय ह्याण्डबल टोली आयोजक बंगालादेशसँग ३३–२० गोल अन्तरले पराजित भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल ऐरिनामा नेपाली महिला राष्ट्रिय टोली लामो अन्तराल पछि उत्रिएको हो । 

खेल पछि कुरा गर्दै नेपाली टोलीका प्रशिक्षक शुसिल अधिकारीले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि म्याच एक्सपिरियन्स नहुँदा पराजित हुन पुगेको बताए । उनले भने,‘हामी लामो समय पछि मैदानमा उत्रिएका छौँ । आज पहिलो खेल थियो । हाम्रो म्याच एक्सपिरियन्स पनि छैन । तर हामीले उत्कृष्ट खेल प्रदर्शन गरेका छौँ ।

नेपाली राष्ट्रिय टोलीले भोली मालदिभ्ससँग खेल्ने छ । कार्तिक ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहेको छ । 

यस अघि एक भव्य कार्यक्रमबा बीच सो प्रतियोगिताको बंगालादेशका युवा तथा खेलकुद राज्य मन्त्री अमिनुल हकले उद्घाटन गरेका थिए । उनले सो अवसरमा यो प्रतियोगिताले दक्षिण एशियाली राष्ट्रहरुका बीचको सम्वन्ध प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै