• २०८३ कार्तिक ४ मंगलबार

आरुघाटमा बेलिब्रिज जडान, गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियो

आरुघाटमा बेलिब्रिज जडान, गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियो

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको आरुघाटस्थित पक्की पुलमा बेलिब्रिज जडान गर्ने काम सकिएको छ। बेलिब्रिज जडानसँगै पुल सञ्चालनमा आएको छ।

पुल सञ्चालनमा आएसँगै हाल मोटरसाइकलसहित सर्वसाधारणले आवतजावत गर्न सक्ने भएका छन्। बुधबारदेखि अन्य सवारीसाधन पनि सञ्चालन गर्न सकिने जनाइएको छ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको गोरखा र धादिङबीचको सडक सम्पर्क बेलिब्रिज जडानसँगै पुनः स्थापित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै