• २०८३ कार्तिक ४ मंगलबार

आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित

आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो ।

अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन् ।

नेपालले आफ्नो तेस्रो खेल बुधबार भारतसँग खेल्नेछ ।

बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बास्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन् । टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहेका छन् ।

आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ मा नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै