• २०८३ कार्तिक ९ आइतबार

टोटनह्यामसँग चेल्सी स्तब्ध

टोटनह्यामसँग चेल्सी स्तब्ध

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ ।

शनिबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा टोटनह्यामले २–० गोलको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा माथिस टेलले एक गोल गरेका थिए भने चेल्सीका गोलरक्षक माइक पेन्डर्सले आत्मघाती गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७७औँ मिनेटमा पेन्डर्सले टोटनह्यामको कर्नर प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो ।

त्यसको तीन मिनेटपछि चेल्सीका कोल पाल्मर दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । खेलको ८७औँ मिनेटमा माथिस टेलले उत्कृष्ट गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गरेका थिए ।

यस जितसँगै टोटनह्यामले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । टोटनह्यामले यसअघि चेल्सीको घरेलु मैदानमा सन् २०१८ मा जित हासिल गरेको थियो ।

यस जितपछि टोटनह्याम ८ खेलबाट ९ अङ्कसहित १२औँ स्थानमा उक्लिएको छ भने चेल्सी समान खेलबाट १३ अङ्कसहित चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै