• २०८३ कार्तिक ९ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जना तथा कोशी, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । 

त्यस्तै देशभर भएका दुर्घटनामा १४१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा ४२ जना, काठमाडौँ उपत्यकामा ५ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा ३ जना र गण्डकीमा ५ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै