काठमाडौँ । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् ।
चितवनले हसन अलीलाई भित्र्याएको जानकारी दिएको हो ।
पाकिस्तानका अनुभवी दायाँहाते मध्यम तीव्र गतिका बलर हसनले पाकिस्तानका लागि तीनै प्रारूपको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जस अनुसार उनले टेस्टमा ८८, एकदिवसीयमा १०२ र टी–२० अन्तर्राष्ट्रियमा ७२ विकेट लिएका छन् ।
हसन अलीले सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उक्त प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने बलर बनेका थिए र उत्कृष्ट खेलाडी घोषित भएका थिए।
चितवनमा रवि भोपारा, सिकन्दर राजा लगायतका विदेशी खेलाडी रहेका छन् ।









