• २०८३ कार्तिक ९ आइतबार

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ३ बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौँ । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै