काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले क्रिकेटको उत्साह र समर्थकको जोस समेटिएको ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ। क्रिकेट मैदानमा खेलाडीको प्रतिस्पर्धा र समर्थकको उत्साहलाई संगीतमार्फत जोड्ने उद्देश्यले गीत तयार गरिएको कम्पनीले जनाएको छ।
युनिक पोयटको स्वर तथा ब्लुस (सुरज शाही) को संगीत सिर्जना र संयोजनमा तयार भएको गीतको निर्माण एनएफटीपी टोलीले गरेको हो। युवापुस्ताको संगीतप्रतिको रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर गीत तयार गरिएको जनाइएको छ।
एनपीएलको तेस्रो सिजनमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘एक्स्ट्रिम एन्थम’ले मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक जोस, समर्थकको अटुट विश्वास र जितको उत्साहलाई संगीतमा उतार्ने प्रयास गरेको छ। क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्दै खेलाडी तथा समर्थकबीचको भावनात्मक सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
‘एक्स्ट्रिम एन्थम’ एक्स्ट्रिम इनर्जी ड्रिङ्कका आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिने कम्पनीले जनाएको छ ।









