• २०८३ कार्तिक ११ मंगलबार

ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौँ । नेपाल आयल निगमले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ । निगमले ग्यास बिक्री वितरणमा बिल जारी नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले यसअघि २०८१ वैशाख ३० र २०८१ कात्तिक १० गते पनि निर्णय कार्यान्वयनका सम्बन्धमा सम्बन्धित संघसंस्थालाई पत्राचार गरिएको स्मरण गराइएको छ ।

पत्रमा निगमबाट नियुक्त केही विक्रेताले ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगर्ने गरेको गुनासो आएको उल्लेख छ । त्यसैले विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउन तथा बिल जारी गर्ने व्यवस्थाको पालना सुनिश्चित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै