• २०८३ कार्तिक १२ बिहीबार

चक्रवात ‘अर्नब’को प्रभावले प्रमुख राजमार्गमा पहिरोको जोखिम, सतर्क रहन आग्रह

चक्रवात ‘अर्नब’को प्रभावले प्रमुख राजमार्गमा पहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका प्रमुख राजमार्गमा पहिरो, बाढी र सडक कटानको जोखिम बढ्ने भएको छ। बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार सम्भावित जोखिमबारे पूर्वसूचना जारी गरेका छन् ।

सूचनाअनुसार आगामी केही दिन नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुँदा पहाडी सडकमा पहिरो खस्ने, ढुङ्गा झर्ने र सडक भासिने जोखिम छ। नदी किनारका सडकमा बाढी तथा कटान र साना खोलामा पानीको बहाव बढ्दा सडक क्षति हुन सक्ने जनाइएको छ।

नारायणगढ–मुग्लिन, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका संवेदनशील खण्ड जोखिममा रहेको सूचनामा उल्लेख छ। सडक अवरुद्ध हुँदा यातायात र अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। यात्रा गर्नैपरे ट्राफिक प्रहरी वा सडक कार्यालयबाट पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै