• २०८१ बैशाख २६ बुधबार

यी हुन् मोबाइल स्लो गर्ने एपहरु, यसरी गर्नुस् अनइन्स्टल 

kharibot

काठमाडौं । हिजोआज धेरै एन्ड्रोइड एप्सहरु लन्च गरिएका र गरिरहिएका छन् ।

जसबाट स्मार्टफोन्सको सीमित मेमोरी एकदमै कम हुने र धेरै एप्सका कारण मोबाइल ह्यांग हुनलाग्छ । ह्यांगको कारण भनेको आजकल लन्च हुने धेरै स्मार्टफोनमा ६ वा ८ जीबीको र्यामसँगै थप मेमोरी क्षमता पनि दिइन्छ । 

यद्यपि सबै मानिसले थप र्यामवाला स्मार्टफोन किन्न सक्दैनन् । यस्तोमा उनीहरुले आफ्नो स्मार्टफोनलाई प्रयोग गर्नुबाहेक विकल्प हुँदैन । तर यस्तोमा कतिपय अवस्थामा भने कुनै कुनै मोबाइल नै स्लो गरिदिने एन्ड्रोइड एपहरु पनि रहेका हुन्छन्, जसलाई हटाउँदा मोबाइल ह्यांग हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । 

आफ्नो मोबाइललाई छिटो चल्ने र ह्यांग नहुने बनाउन सबैभन्दा पहिला सेटिंगमा जाने र स्टोरेज, मेमोरी ट्याप गर्ने, त्यसपछि एक स्टोरेज लिस्ट खुल्छ, जसले तपाईंको फोनमा रहेको कुनै एपले कति स्पेस खाएको छ भन्ने देखाइदिन्छ ।

त्यसपछि मेमोरीमा क्लिक गर्ने अनि मेमोरी युज्ड बाई एप्स ट्याप गर्ने । अब लिस्टमा र्यामको एप युजेज चार भागमा देखाउँछ ३ घण्टा, ६ घण्टा, १२ घण्टा र १ दिन । यसबाट तपाईंलाई आफ्नो मोबाइलमा कुन एपले कति स्पेस खाइरहेको छ भन्ने थाहा हुन्छ । 

यही जानकारीलाई आधार मानेर आफूले नचाहेको एप हटाउन सकिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै