• २०८३ कार्तिक १२ बिहीबार

मस्कोतर्फ बढेका ३० वटा युक्रेनी ड्रोन खसालेको रुसको दाबी

मस्कोतर्फ बढेका ३० वटा युक्रेनी ड्रोन खसालेको रुसको दाबी

काठमाडौं । रुसको राजधानी मस्कोतर्फ अघि बढिरहेका करिब ३० वटा मानवरहित हवाई उपकरण (ड्रोन) आफ्नो वायु रक्षा प्रणालीले नष्ट गरेको रुसी अधिकारीहरूले बताएका छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार ड्रोनका अवशेष खसेका स्थानमा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार वायु रक्षा प्रणालीले यसअघि पनि राजधानीतर्फ बढिरहेका ड्रोनहरू रोकेको थियो ।

ड्रोन आक्रमणको जोखिमका कारण मस्को क्षेत्रका वनुकोभो र दोमोडेदोभो विमानस्थलमा उडानसम्बन्धी अस्थायी प्रतिबन्ध लगाइएको छ । झुकोभस्की विमानस्थलमा भने प्रतिबन्ध हटाइएको छ। मस्कोबाट करिब ५० किलोमिटर दक्षिणपश्चिममा रहेको नारो–फोमिन्स्क नजिकै विस्फोटका आवाज सुनिएको स्थानीयले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै