• २०८३ कार्तिक १३ शुक्रबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, ११४ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, ११४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ तथा बागमती, कर्णाली र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा ११४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३  जना घाइते भएका छन् भने कोशीमा २६ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा ११ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २८ जना, कर्णालीमा १ जना र गण्डकीमा २ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै