• २०८३ कार्तिक १४ शनिबार

पोल्यान्डमा संवैधानिक अदालतको नेतृत्वलाई लिएर सरकार र राष्ट्रपतिबीच विवाद चर्कियो

पोल्यान्डमा संवैधानिक अदालतको नेतृत्वलाई लिएर सरकार र राष्ट्रपतिबीच विवाद चर्कियो

काठमाडौं । पोल्यान्डमा प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र राष्ट्रपति कारोल नावरोत्स्कीबीच संवैधानिक अदालतको नियन्त्रणलाई लिएर विवाद चर्किएको छ ।

अदालतका एक न्यायाधीशले अध्यक्ष र उपाध्यक्षलाई एक महिनाका लागि निलम्बन गर्दै आफैँले नेतृत्व सम्हालेपछि राजनीतिक तनाव बढेको हो ।

न्यायाधीश आन्ना कोर्विन पियोत्रोभ्स्काले अदालतका अध्यक्ष बोग्दान स्विएन्त्स्कोभ्स्की र उपाध्यक्षलाई निलम्बन गरेकी हुन् । नयाँ नियुक्त भएका न्यायाधीशलाई काम गर्न नदिएको भन्दै उनले यस्तो निर्णय लिएको बताएकी छन् । तर विपक्षी दलले यसलाई संवैधानिक संस्थामाथि नियन्त्रण जमाउने प्रयास भन्दै विरोध गरेको छ ।

विवादको जड सन् २०१५ मा सुरु भएको हो। तत्कालीन कानुन तथा न्याय पार्टीको सरकारले न्यायालयमा गरेको नियुक्ति र संरचनागत परिवर्तनलाई लिएर विवाद भएको थियो । सन् २०२३ मा सत्तामा आएको टस्क सरकारले न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रयास गरिरहेको छ। तर राष्ट्रपति र विपक्षी दलले सरकारका कदम संविधानविपरीत भएको आरोप लगाउँदै आएका छन् ।

यसैबीच, अदालतबाहिर सयौँ मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केहीले प्रहरीमाथि वस्तु प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । घटनाकै कारण राष्ट्रपति नावरोत्स्की विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री टस्कले भने कानुनी शासन पुनःस्थापना गर्न कठिन निर्णय लिनुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै