काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको दोस्रो खेल ५-५ ओभरको हुने भएको छ ।
बर्षापछि मैदान समयमा खेल्न योग्य नभएपछि ओभर घटाएर खेलाउन लागिएको हो । जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ ।
यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।









