• २०८३ कार्तिक १४ शनिबार

विराटनगरको पहिलो जित, सुदूरपश्चिमलाई दियो ३५ रनले पराजित

विराटनगरको पहिलो जित, सुदूरपश्चिमलाई दियो ३५ रनले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ । 

शनिबार राति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनको अन्तरले पराजित गरेको हो । 

बर्षाका कारण ५-५ ओभरमा खेलाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए ।

यो विराटनगरको तेस्रो खेलमा पहिलो जित हो भने सुदूरपश्चिमले ३ खेलमा दोस्रो हार बेहोरेको छ । 

एनपीएल अन्तर्गत आइतबार एक खेल हुदैछ । आइतबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमने सामने हुदैछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै