• २०८३ कार्तिक १५ आइतबार

गगन थापाले आज विशेष सम्बोधन गर्दै

गगन थापाले आज विशेष सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन् । 

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि थापाले आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने जानकारी दिइएको छ । 

थापाले पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे आफ्नो दृष्टिकोण सार्बजनिक गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै