• २०८३ कार्तिक १६ सोमबार

६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान

६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ६१औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा उनलाई शुभकामना दिन मुम्बईस्थित उनको निवास ‘मन्नत’ बाहिर ठूलो संख्यामा प्रशंसक भेला भएका छन् ।

हरेक वर्ष शाहरुखको जन्मदिनमा उनलाई प्रत्यक्ष देख्न र शुभकामना दिन प्रशंसकहरू मन्नतबाहिर पुग्ने गरेका छन् । यस वर्ष पनि बिहानैदेखि उनको घरबाहिर प्रशंसकको भीड लागेको छ । प्रशंसकको ठूलो उपस्थिति भएपछि उनको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नोभेम्बर २ शाहरुखका प्रशंसकका लागि विशेष दिन मानिन्छ । भारतका विभिन्न स्थानका साथै विदेशमा रहेका उनका प्रशंसकले समेत सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

सन् १९६५ नोभेम्बर २ मा जन्मिएका शाहरुखले भारतीय चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । रोमान्टिक चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेंगे’ देखि ‘पठान’ र ‘जवान’ जस्ता चलचित्रसम्म अभिनय गर्दै उनले विभिन्न पुस्ताका दर्शकमाझ बलिवुडका 'किङ' को पहिचान बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै