• २०८३ कार्तिक १६ सोमबार

वैभवीले बैंककमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

वैभवीले बैंककमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डको बैंककमा हुने खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन् ।

बैंककस्थित फेसन आइल्याण्डको खेलकुद हलमा कात्तिक २८ गतेदेखि सुरु हुने प्रतियोगितामा ११ वर्षीया वैभवीले क्योरुगी र पूम्से गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भारत, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र कम्बोडियालगायत देशका खेलाडी सहभागी हुनेछन् ।

वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी थिइन् ।

उनी असोज दोस्रो सातादेखि बैंककमा रहेर तेक्वान्दो प्रशिक्षण लिइरहेकी छन् । बैंककस्थित अल स्टार तेक्वान्दो एकेडेमीले अनुबन्ध गरेपछि वैभवीले उक्त एकेडेमीबाट प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन् ।

यसैबीच, वैभवीलाई केही समयअघि तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता प्रदान गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै