• २०८३ कार्तिक १७ मंगलबार

रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी

रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । 

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।

जनकपुरका लागि सैफ हसनले सर्बाधिक अविजित ७१ रन बनाएका थिए भने विशाल शुस्लिंगले ४३, जिम्मी निशामले २७ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । 

विराटनगरका लागि इमरान शेखले सर्बाधिक ५६ रन बनाए भने लोकेश बमले ५० रन बनाएका थिए ।  त्यसैगरी आन्द्रे रसेलले २८ बलमा अर्धशतक बनाउदै अविजित ५२ रन बनाएका थिए ।  त्यस्तै जनकपुर बोल्ट्सका बलर अभिषेक तिवारीले २ विकेट लिएका थिए भने मोईन अलीले एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै