काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको पहिलो स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपालको मदिरा उद्योगमा नयाँ उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार श्लोक सिंगल माल्ट विशेष रूपमा छनोट गरिएका ओलोरसो शेरी कास्कमा परिपक्व गरिएको हो । यसमा सुक्खा फलफूल, खजुर, भेनिला, हल्का मसला, बदाम र चकलेटको स्वाद तथा सुगन्ध रहेको कम्पनीले जनाएको छ ।
न्यानो सुनौलो रङमा तयार गरिएको यस ह्विस्कीलाई आकर्षक बोतल र बेलनाकार क्यानिस्टरमा सार्वजनिक गरिएको छ । यसअघि श्लोक ब्रान्डअन्तर्गत श्लोक ह्विस्की र श्लोक हिमालयन प्रिमियम रम बजारमा उपलब्ध थिए ।
७५० मिलिलिटरको बोतलमा उपलब्ध श्लोक सिंगल माल्टमा ४२.८ प्रतिशत अल्कोहल मात्रा रहेको छ । कम्पनीले यसको बजार मूल्य ७ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले नयाँ उत्पादनसँगै स्वदेशमै प्रिमियम ह्विस्की उत्पादन गर्ने आफ्नो प्रयासलाई थप विस्तार गरेको जनाएको छ ।









