काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । शिवाकोटीले आफू साइबर ब्युरोमा जाने बताउदै आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु ।'









