• २०८३ कार्तिक १९ बिहीबार

जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन् ।

यस खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिंग गर्ने भएको छ ।  

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शिर्ष स्थानमा छ । त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै