• २०८३ कार्तिक १९ बिहीबार

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेशको प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार नाम र ठेगाना नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ भने मृतकको पहिचान र आफन्तको खोजी भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै