काठमाडौँ । दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।
कार्कीले वारेसमार्फत् रिट दिएका हुन् । सर्वोच्च प्रशासनले रिट अध्ययन गरिरहेको र दर्ता गर्न बाँकी रहेको बताइएको छ ।
सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।
कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् ।









