• २०८३ कार्तिक २० शुक्रबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै