• २०८३ कार्तिक २० शुक्रबार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।

त्यसपछि प्रस्तावित न्यायाधीश डा. बागचन्द र सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

समितिको बैठक आज बिहान ९: ३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय