• २०८१ बैशाख १४ शुक्रबार

प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता 

kharibot

काठमाडौै । प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त  गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुनेछ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्स्यँेरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेकाछन । सम्झौतासंगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, प्रभु इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । प्रभु इन्स्यँेरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताएका छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै