• २०८३ कार्तिक २३ सोमबार

चीनमा अग्लो भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

चीनमा अग्लो भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनमा आइतबार एक अग्लो भवनमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार स्थानीय समयअनुसार साँझ ४: ५९ बजे भवनमा आगलागी भएको थियो। आगो लागेको करिब दुई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

भवन निर्माण तथा सुरक्षासम्बन्धी नियमको कमजोर कार्यान्वयनका कारण चीनमा यस्ता घातक आगलागीका घटना बढिरहेको विज्ञहरूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै