काठमाडौं । १६ वर्षीया र १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ परेका छन् ।
पाल्पामा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँको भानु नगरपालिका–८ घर भई तिनाउ गाउँपालिका–३ देउराली बस्ने ३८ वर्षीय होमबहादुर थापा मगर पक्राउ परेका छन् । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन् ।
उनीहरूविरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









