• २०८३ कार्तिक २४ मंगलबार

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट २५ लाख ८ हजार ५०९ रुपैयाँ नगद र तास तथा कौडा बरामद गरेको छ ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगरका चार स्थानबाट ४१ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १० लाख ८८ हजार ५२० रुपैयाँ नगद बरामद भएको छ।

त्यस्तै, ललितपुरको गोदावरीबाट ११ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ९९ हजार २० रुपैयाँ र पाँच बुक तास बरामद भएको छ ।

काभ्रेको पाँचखालबाट ११ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६१ हजार ५९० रुपैयाँ, १६ थान कौडा र एक बुक तास बरामद भएको छ ।

यसैगरी, धनुषाको जनकपुरधामबाट १८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ६१ हजार ६४४ रुपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका दुई स्थानबाट २६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ९ लाख ९८ हजार ७३५ रुपैयाँ र आठ बुक तास बरामद भएको छ ।

प्रहरीले विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै