• २०८१ बैशाख १५ शनिबार

बुढानिलकण्ठ स्कुलमा मकैको अर्कै खेती नाटक मञ्चन 

kharibot

काठमाडौं । बुढानिलकण्ठ स्कुलमा मकैको अर्कै खेती नामक नाटक मञ्चन गरिएको छ । मंगलबारदेखि सुरु गरिएको नाटक मञ्चन शुक्रबार सकिएको छ  । डाक्टर संजीव  उप्रेतीद्वारा रचित नाटक मकैको अर्कै खेती नामक नाटक मंचन गरिएको हो ।  नाटकलाई  २ हजारभन्दा बढी दर्शकहरुले हेरिएको  बताइएको छ  ।

अन्तिम दिनको  मञ्चन कार्यक्रममा  प्राचार्य केशरबहादुर  खुलालले स्वागत मन्तब्यको क्रममा प्रत्येक एक वर्ष अंग्रेजी र एक वर्ष नेपाली नाटक नियमित  रूपमा देखाउने  खुलासा गरे  । शिक्षाविद्  अनुराधा शर्माले  नाटकले प्रतिभा उजागर भएको  र सबैले नाटकको उद्देश्यअनुरुप कार्य फलीभूत पार्नु  सबैको दायित्व  भएको बताउँदै  लेखकलाई  यस्ता अन्य  कृतिहरु पस्कन  अनुरोध गरेकी छिन् । 

नाटककार   सञ्जीव उप्रेतिले नाटकलाई  न्यायिक रुपमा मंञ्चन  गरेको बताउँदै यसअधिको मंञ्चनमा आफु कफनकार  भएर खेल्दा नाटक कस्तो भयो भनेर  भन्न नसकेको  र आज आफुले प्रत्येक्ष  हेर्न पाएकोले अत्यन्त खुसी भएको बताए ।

कार्यक्रममा  सेब्सका प्रतिनिधिले  नाट्याभिनय समुहलाई नगद १५ हजार  पुरस्कारसमेत प्रदान गरेका थिए ।  नेपाली विभागका प्रमुख  ज्ञानप्रसाद  आचार्यले  सबैलाई धन्यवाद ज्ञापन गदै कलाकारहरुको खुलेर प्रशंसा गदै नाटक  सफल रुपमा  चार दिन सम्म मञ्चन  गरी  यस विधामार्फत  सबैलाई विविध ज्ञान दिँदा  हर्षित  भएको बताए  ।

अभिभावकहरुमाझ प्रस्तुत गरिएको नाटकमा  कृति रचना गरेपछि  पाठकहरुले कसरी स्वार्थअनुकूल अर्थ लगाउँछन् र लेखकले कसरी मुद्दाको सामना गरेर  आफुलाई  निर्दोष सावित  गर्ने प्रयत्न गर्छ  भन्ने कुरा देखाइएको छ । 

कृति रचना गरेर  पाठकलाई सुम्पिसकेपछि  लेखकीय दृष्टिको मृत्यु हुन्छ  र पाठकले  आफ्नो आफ्नो बुझाइअनुसार  अर्थ  लगाउन पाउँछन्  भन्ने रोला बार्थको  बयानका कारण  लेखकले  चितामा जल्नुपर्ने अवस्था सिर्जना हुनछ भन्ने कुरा प्रस्ट पारिएको छ । 

नाट्याभिनय सिकाउनु, मनोरञ्जन दिनु, इतिहासदेखि वर्तमान सम्मका सम्पुर्ण कुराहरुलाई उत्तर आधुनिकतावादको दृष्टिविन्दुबाट  लेखकीय जीवनका आयामलाई पश्चिमका  रोला बार्थको भाववभङ्गिमामा आधारित भई बौद्धिक नाटकले  नैतिक सन्देश दिन खोजेको शिक्षक हरिशरण ढुङ्गानाले खरीबोटलाई जानकारी दिए । 

नाटकलाई  ज्ञानप्रसाद आचार्य,  प्रिया पौडेल , प्रेमनारायण भुसाल, बाबुराम लम्साल,  गणेश  तिमिल्सिना र हरिशरण ढुङ्गानाले  निर्देशन गरेका थिए  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै