• २०८३ कार्तिक २९ आइतबार

बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई युवक पक्राउ

बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । १२ र १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

सल्यानमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा कालिमाटी गाउँपालिका–५ का १९ वर्षीय खुमराज खड्कालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको कोहलपुरमा १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बाँसगढी नगरपालिका–२ पिपल चौताराका २२ वर्षीय हेमन्त परियार पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै