• २०८३ कार्तिक २९ आइतबार

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख कर्णले मङ्सिर ४ गते शुक्रबार ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबि पेश गर्न आव्हान गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै