• २०८३ मङ्सिर १ मंगलबार

प्रदीप गिरी फेलोसिप कार्यक्रम शुरु, गगन थापाले गरे उद्घाटन

प्रदीप गिरी फेलोसिप कार्यक्रम शुरु, गगन थापाले गरे उद्घाटन

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा समावेशिता र सङ्घीयता लागू भएपछि प्रजातन्त्र बलियो भएको बताएका छन् ।

स्वर्गीय प्रदीप गिरीको जन्मजयन्तीका अवसरमा वीरगञ्जमा आयोजित प्रदीप गिरी फेलोसिप कार्यक्रम उद्घाटन गर्दै उनले गिरीका विचार र लेखनले समावेशिता तथा सङ्घीयताको महत्व बुझ्न सहयोग गर्ने बताए ।

थापाले प्रदीप गिरीका विचार राजनीतिक दृष्टिकोण निर्माणका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै विविधता र लोकतन्त्रलाई कसरी समावेशी तथा सार्थक बनाउने भन्ने विषयमा उनका विचार सान्दर्भिक रहेको बताए ।

प्रदीप गिरी इन्स्टिच्युटले अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अनुसन्धान तथा लेखन फेलोसिप, चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरी मधेस र सङ्घीय राजधानीमा कानुनी सहायता कक्ष सञ्चालन गर्ने तथा राजनीतिक दल, संस्था र आन्दोलनभित्रका कमजोरीमाथि आलोचनात्मक लेखन गर्ने उत्कृष्ट निबन्धलाई पुरस्कार प्रदान गरिनेछ ।

फेलोसिपमा दलित, मधेसी, आदिवासी जनजाति, महिला तथा काठमाडौँ उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइनेछ । विशेषगरी दुर्गम र सीमान्तकृत क्षेत्रका युवालाई अवसर प्रदान गर्ने लक्ष्य राखिएको इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले बताएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै