• २०८३ मङ्सिर १ मंगलबार

आईपीएलका १० टोलीले गरे खेलाडी रिलिज

आईपीएलका १० टोलीले गरे खेलाडी रिलिज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले खेलाडी रिलिज गरेका छन् । खेलाडी रिलिज गरेसँगै टोलीहरूले आगामी अक्सनका लागि आफ्नो बजेटसमेत खाली गरेका छन् ।

कोलकाता नाइट राइडर्सले अजिंक्य रहाणे, आकाश दीप, ब्लेसिङ मुजाराबानी, दक्ष कामरा, लुविनिथ सिसोडिया, एम. पाथिराना, मुस्ताफिजुर रहमान, नवदीप सैनी, रचिन रविन्द्र, राहुल त्रिपाठी, तेजस्वी सिंह र उमरान मलिकलाई रिलिज गरेको छ ।

रोयल च्यालेन्जर्स बेंगलुरुले ज्याकब बेथेल, रिचर्ड ग्लिसन, मंगेश यादव, सात्विक देसवाल र विहान मल्होत्रालाई रिलिज गरेको छ । यसबाट टोलीको १० करोड रुपैयाँ बजेट खाली भएको छ ।

गुजरात टाइटन्सले इशान्त शर्मा, लुक वुड, कुलवन्त खेजरोलिया, शाहरुख खान र कोनर इस्टरहुइजेनलाई रिलिज गरेको छ ।

मुम्बई इन्डियन्सले ट्रेन्ट बोल्ट, दीपक चाहर, एएम गजनफर, अथर्व अंकोलेकर, केशव महाराज, मोहम्मद इजार, दानिश मालवेर, मयंक मार्कण्डे र मयंक रावतलाई रिलिज गरेको छ । यसबाट टोलीको २८.८ करोड रुपैयाँ बजेट खाली भएको छ ।

चेन्नई सुपर किंग्सले म्याथ्यु सर्ट, म्याट हेनरी, ज्याक फोक्स, प्रशान्त वीर, अमन खान, कुलदीप यादव, आकाश मधवाल, डियान फोरेस्टर, म्याकनिल नोरोन्हा र महेन्द्रसिंह धोनीलाई रिलिज गरेको सूचीमा राखेको छ । यसबाट २४.५ करोड रुपैयाँ बजेट खाली भएको छ । धोनीले आइपिएल नखेल्ने घोषणा गरेका छन् र उनलाई चेन्नईको मेन्टर नियुक्त गरिएको छ ।  राजस्थान रोयल्सले एडम मिल्ने, क्वेना माफाका, तुषार देशपाण्डे, कुलदीप सेन, युधवीर सिंह, विघ्नेश पुथुर, रवि सिंह, शिमरन हेटमायर र नान्द्रे बर्गरलाई रिलिज गरेको छ । राजस्थानले २३.७५ करोड बजेट खाली गरेको छ ।

सनराइजर्स हैदराबादले ट्राभिस हेड, कामिन्दु मेन्डिस, जयदेव उनादकट, दिलशान मदुशंका, ओंकार तर्माले, अमित कुमार, शिवम मावी, जेराल्ड कोएट्जी र डेभिड पेनलाई रिलिज गरेको छ। यसबाट टोलीको २१.३५ करोड रुपैयाँ बजेट खाली भएको छ ।

पञ्जाब किंग्सले लोकी फर्गुसन, मिचेल ओवेन, नेहल वढेरा, पायला अविनाश, प्रवीण दुबे र विशाल निषादलाई रिलिज गरेको छ। यसबाट १०.१ करोड रुपैयाँ बजेट खाली भएको छ ।

लखनउ सुपर जायन्ट्सले एम. ब्रीट्जके, एनरिक नोर्किया, जर्ज लिन्डे, वानिन्दु हसरंगा, नमन तिवारी र अर्शिन कुलकर्णीलाई रिलिज गरेको छ। यसबाट ७.०५ करोड रुपैयाँ बजेट खाली भएको छ। टोलीले जम्मु–कश्मीरका ब्याटर अब्दुल समदलाई भने निरन्तरता दिएको छ ।

दिल्ली क्यापिटल्सले नितिश राणा, अभिषेक पोरेल, पाथुम निसंका, बेन डकेट, करुण नायर, साहिल पारख, दुश्मन्था चमीरा, रेहान अहमद, मिचेल स्टार्क र अजय मण्डललाई रिलिज गरेको छ। यसबाट टोलीको २७ करोड रुपैयाँ बजेट खाली भएको छ ।

आगामी मिनी अक्सन डिसेम्बर १६ मा गोवामा गर्ने तयारी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै