काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको छ ।
आज बिहान १० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने तय भएको छ ।
बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्ने भएको छ ।
बिहान ११:४५ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनमा बस्ने बैठकमा फिनल्यान्डका पुस्तकालयविद्हरूसँग अन्तरक्रिया गरिनेछ । बैठकमा विविध विषयमा समेत छलफल हुने समितिले जनाएको छ ।









