• २०८३ मङ्सिर ३ बिहीबार

दानबहादुर कार्कीको रिटको पेसी आज

दानबहादुर कार्कीको रिटको पेसी आज

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेसी आज तोकिएको छ ।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

रिटमा आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको कार्कीले दाबी गरेका छन् । सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई हटाएको उनको जिकिर छ ।

कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमा कायम राख्दा सरकारका पक्षलाई कुनै कानुनी हानि नहुने कार्कीले रिटमा उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै