• २०८३ मङ्सिर ३ बिहीबार

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो ।

सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो कार्यकाल बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गरेका छन् ।

रिटमा आफूलाई हटाउने कानुनी आधार र कारण नखुलाई स्पष्टीकरण तथा सुनुवाइको अवसरसमेत नदिइएको कार्कीले उल्लेख गरेका छन् । उनले सरकारको निर्णयलाई परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै आफूलाई पूर्ववत् प्रहरी महानिरीक्षक पदमा कायम राख्न माग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै