काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले आफु पुन: पद प्राप्त गर्न पार्टीमा नफर्किएको स्पष्ट गरेकी छन् ।
एमालेको जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले अब आफुले कुनै पद प्राप्त गर्न नलाग्ने बताउदै आफुले आफ्नो अनुभवबाट पार्टी राजनीतिलाई अगाडी बढाउदै देशका लागि योगदान गर्न आएको बताएकी छन् ।
भण्डारीले सरकारको काम बारे प्रश्न उठाउदै देशमा महंगी बढेको, शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको, राजनीतिक नेताहरुमाथि प्रतिशोधको आधारमा पक्राउ गर्ने गरिएको, प्रेसमाथि धरपकड गरिएको भन्दै प्रतिशोध र निषेधबाट अगाडी नबढ्न सरकारलाई चेतावनी दिएकी छन् ।
उनले एमाले सधै राष्ट्रियता, स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको लागि आन्दोलन गर्न अग्रसर हुने बताउदै संवाद र सहकार्यबाट अगाडी बढ्न सरकारलाई सुझाव दिएकी छन् ।









